Gold

भरतपुरको मेयरमा रेनुको ८,१५४ मतले अग्रता

Naumule Migrate

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल फराकिलो मातले अग्रता लिईरहेकि छिन। उनले नेकपा एमालेक उमेद्वार विजय सुवेदीलाई ८,१५४ मतले पछाडी पार्दै अगाडी बढिरहेकी छिन।

९५ हजार ३११ मत गणना हुँदा रेणु दाहालले ३७ हजार ४६८ मत ल्याउँदा सुवेदीले २९ हजार ३१४ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत ल्याएका छन् ।

यसतै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार ६३९ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङभन्दा अधिकारी १६४२७ मतले अगाडि छन् । गुरुङले २३ हजार २१२ मत ल्याइकी छन् ।

Naumule Badhipahiro