Gold

धरानकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी, उपमेयरमा माओवादीका बेघा

Naumule Migrate

सुनसरी – धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी हुनुभएकाे भएका छन्। हर्कराज राईले पार्टीका प्रतिद्वन्दी उमेद्वारलाई पछि पार्दै ४,७६२ मतकाे अन्तरले विजयी भएका हुन्।

धरानमा कूल ६२,८ ९८ मत खसेको थियो। जसमा साम्पाङ २० हजार ८ सय २१ मत ल्याएर विजयी भए । यस्तै उहाँका उनका प्रतिद्वन्दी किशाेर राईले १६ हजार ५९ मत ल्याएका हुन्।

त्यस्तै धरानको उपमेयरमा भने माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा विजयी भएका छन। बेघाले २० हजार ५ सय १० मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेमा पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत ल्याएका हुन्।

Naumule Badhipahiro