७ घण्टापछि पोखरामा सुरु भयो मतगणना

कास्की – पोखरा महानगरपालिकामा रोकिएको मतगणना सात घण्टापछि फेरि सुरु भएको छ । नेकपा एमालेले वडा नम्बर १८ को पुनः मत गणनाको माग गर्दै प्रतिनिधि फिर्ता बोलाएपछि मत गणना रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकमा गणना बाँकी रहेका तीन वडाको मतगणना सुरु गर्ने सहमति भएको हो । बेलुकी ७ बजेर २० मिनेटदेखि पोखरा वडा नम्बर २२, ३२ र ३३ को मतगणना सुरु भएको छ । ३० वटा वडाको गणना सकिसकेको छ ।

महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले ५७ हजार ७२ मत ल्याएका छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले ५१ हजार ५८७ मतका साथ उनलाई पछ्याइरहेका छन् ।