Gold
Bangad salyan

काठमान्डौका मेयर बालेन्द्र शाहको चर्को विरोध

काठमान्डौ – काठमान्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको समाजिक संजालभरि विरोध भएको छ।

काठमान्डौ महानगरपालिकाले आज बाटोमा मकै बेचेर पेट पाल्ने गरेकाहरुलाई लछारपछार गरेको थियो ।

यो संगै महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथी सामाजिक प्रयोगकर्ताहरु खनीयका छन। धेरैले यो ज्यादती तत्काल नरोके राजनितिक रुपमा चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन भने बालेन्द्र शाहमाथी प्रश्न गरेका छन।

सडक पेटि, बाटो गल्लीमा बसेर ठेलामा मकै बेच्ने गरेकाहरुमाथी महानगरले पटक पटक ज्यादती गरेको बाहिरिन्छन।

आज मात्र काठमान्डौको वालुवाटारनजिक ठेलमा मकै बेच्ने गरेका महिला पुरुषमाथी नगर प्रहरीले लछारपछार गर्दै उनिहरुको ठेलामा भएको मकै फालिदीएको छ ।

यो दृश्य अहिले जताततै भाईरल सहित मेयर शाहको चर्को विरोध भएको छ। धेरैले पहिले सडक पेटिमा बस्नेहरुलाई रोजिरोटि र बास उपलब्ध गराउन माग गरेका छन।

जब सम्म दिन्मा उनिहरुले मकै बेच्दैनन तब सम्म उनिहरुको घरमा आगो बल्दैन र छाक टर्दैन । पहिले उनीहरुलाई रोजि रोटिको व्यवस्था गरौ अनि मात्र महानगरलाई व्यवस्थाको बाटो रोजौ ।

साथै तत्काल महानगरपालिकाले यस्ता ज्यादती हर्कत नरोके ठूलो मूल्य चुकाउने समेत उनीहरुले चेतावनी दिएका छन।