अध्यक्ष प्रचण्ड आकस्मिक भोलि भारत भ्रमणमा जादै
काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि असार ३१ भारत भ्रमण जादै छन ।
अध्यक्ष प्रचण्ड भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणमा भारत जान लागेको उनको सचिवालयले जनाएको छ।
तीन दिने भ्रमण सकेर प्रचण्ड १ साउन आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन।
उत्तरी छिमेकी चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ लियानचाओ चार दिने भ्रमण सकेर भर्खर फर्किएका बेला प्रचण्ड भारत भ्रमण गर्दै छन।
करिव डेढ महिना पहिले नेपालका लागि तत्कालिन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष कमरेड प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिनु भएको थियो ।
कमरेड अध्यक्षले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए अनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष श्री जगतप्रकाश नड्डाले अध्यक्ष कमरेड प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिनु भएको हो।
अध्यक्ष कमरेड प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कनु हुनेछ प्रचण्डको सचिवालयले भनेको छ।
यस्तै भारत भ्रमणमा अध्यक्ष प्रचण्डले भारतका कुन कुन नेतासंग भेट गर्ने भन्ने बारे भने खुलाईयको छैन।