Gold
Bangad salyan

काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा धुवाँ धुवाँ कसरी भयो

साउन ३०

काठमाडौं – काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा एक यात्रुले चुरोट तानेका छन्।

हिजो बुधबार दिउँसो सवा ३ बजे काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा कैलालीको टीकापुर घर भएका नारायण उपाध्यायले चुरोट तानेपछि हंगामा भएको छ ।

उडान नम्बर २५३ मार्फत सिट नम्बर ११ ए मा सवार उपाध्याय जहाजको शौचालय गएर चुरोट तान्दै सिटमा आएर बसेपछि जहाज भित्रै कोलाहल मच्चिएको थियो ।

जहाजमा चुरोटको धुँवा देखिएपछि यात्रुहरुले जहाजमा आगो लागेको आशंका गरेका थिए ।त्यसपछि एकछिन त्यहाँ तनाव सृजना भएको थियो।

जहाज धनगढी विमानस्थलमा ल्यान्ड गरेपछि चुरोट तान्ने उपाध्यायलाई धनगढीस्थित विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ। फाईल तस्वीर ,,