Gold
Bangad salyan

एलिजावेथको निधनमा नेपालमा तीन दिन शोक मनाउने

काठमान्डौ – नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति दु:ख व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।बैठकले भदौ २५ गतेदेखि २७ गतेसम्म शोक मनाउने र देशभरिका सरकारी कार्यालय, विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो। स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ।

उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष ७ महिना अवधि शासन गर्ने महारानी हुन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।

भदौ २४ ,फाईल तस्विर