Gold
Bangad salyan

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ

असोज २०

काठमान्डौ – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो।

अमेरिका हुँदै कतारकाे दाेहामा ट्रान्जिट हुँदै बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएको हो।

२०७९ भदाै २१ मा एक किशाेरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीकाे आराेपमा काठमाडाैं प्रहरी वृत्त गाैशालामा जाहेरी दिएकी थिइन् ।

आफूलाई लामिछानेले भदाै ५ गते तिलगंगाकाे एक हाेटलमा बलात्कार गरेको भन्दै पीडितले दिएकाे जाहेरी प्रहरीले भदाै २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएकाेमा भदाै २३ मा काठमाडाैं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएकाे थियाे ।

अदालतले पक्राउ अनुमति दिएलगत्तै प्रहरीले लामिछानेलाई फरार सूचीमा राखेको थियो भने नेपाल क्रिकेट संघ(क्यान)ले कप्तानबाट निलम्बन गरेकाे थियाे ।