ओलीले आफ्नो विरोध गरेको भन्दै भीम रावललाई टिकेट दिएनन

काठमाडौं- एमालेका पूर्व उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्।उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए।

सो क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन्।

अछाम,१ बाट बोहोरा र अछा,२ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको एमालेका एक नेताले बताए।२०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने उम्मेदवार बन्न नपाउने भएका छन्।

उनले २०५६ सालमा मात्र निर्वाचन हारेका थिए। २०६४ सालमा भने उनी समानुपातिक तर्फको सांसद बनेका थिए। एमाले अध्यक्ष केपी ओलीको विरोध गरेकै कारण रावललाई ओलीले टिकेट नदिएको बुझीएको ।