Gold
Bangad salyan

प्रभु साहले पार्टीको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिए

असोज २३

काठमाण्डाै – नेकपा एमालेका नेता प्रभु साहले पार्टीको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएकोका छन् । पार्टीले रौतहट क्षेत्र नम्बर,३ कै टिकट दिए पनि त्यसलाई त्यागेर उनले त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

जसपाबाट एमालेमा आएका किरण साह, लोसपाबाट आएका अजय गुप्ता र कांग्रेस छाडेरआएका राजेश चौधरीले टिकट नपाएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको नेता साहले बताए।
उनीहरुलाई टिकट दिने वाचापछि पार्टीमा भित्राएको भए पनि पार्टीले टिकट नदिएको उनको भनाई छ ।२०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमै बसेका थिए।