काठमाडौंबाट विराटनगरका लागी उडेको बुद्ध एयरको विमानमा एक जनामात्रै यात्रु
कार्तिक १६
काठमान्डौ – काठमाडौंबाट विराटनगरका लागी उडेको बुद्ध एयरको विमानमा एक जनामात्रै यात्रु रहेका छन् ।
मंगलबार साँझ काठमाडौंबाट बिराटनगर सम्मको लागि उडेको बुद्ध एयरको उडानमा एक जना यात्रु उद्वव पौडेल रहेका थिए ।
उनले फेसबुकमा रोमान्चक अनुभव शेयर गर्दै विमानमा एकल यात्रु रहेका उद्वव पौडेलले यो यात्रा जिवनकै रोमाञ्चक अनुभव भएको उल्लेख गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्,’काठमाडौंबाट बिराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु रोमाञ्चक अनुभव ।
पौडेल दीर्घ साधना सम्मानबाट विभुषित विशिष्ट चलचित्रकर्मी हुन् । आसन्न निर्वाचनमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवार समेत छन् ।
नागरिक उड्ययन प्राधिकरणले गत असार ५ गते हेलिकप्टर र हवाइजहाज लागि तोकिएको आधार विमानस्थलमा रात्री पार्किङ गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न निर्देशन दिएको थियो।
जसअनुसार तोकिएका हेलिकप्टरले असार ७ गतेबाट र हवाइजहाजहरूले असार १३ गतेबाट राती बास बस्न अनिवार्य काठमाडौंबाहिरका विमानस्थल जान थालेका थिए ।
अहिले यात्रु नै नभए पनि बास बस्नको लागि बिमानहरू तोकिएको विमानस्थलमा जानुपर्ने हुन्छ । बुद्ध एयर पार्किङको लागि बिराटनगर जाँदा त्यसमा सवार यात्रु एकजना मात्र भएका हुन् ।
सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकिदिएको हो।
एयरलाइन्सहरू काठमाडौंबाहिर चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी, रामेछाप र सुर्खेत विमानस्थल पुग्नुपर्ने बिमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

