बसको झ्यालबाट टाउको बाहिर निकालेका बालकको रुखमा टाउको ठोक्किएर मृत्यु
काठमाण्डाै – बसको झ्यालबाट टाउको बाहिर निकालेर स्कुलबाट घर फर्किने फर्किने क्रममा दुर्घटनामा परि एक बालकको ज्यान गएको छ।
हिजो दिउँसो बा १ क ४६४२ नम्बरको वेस्ट मन्टेश्वरीको बसमा घर फर्किँदै गरेका काठमाण्डौ नयाँ बसपार्कका १३ वर्षका आयुषमान दाहाल दुर्घटनामा परेका थिए ।
प्रहरीका अनुसार बसको झ्यालबाट टाउको निकालेका दाहाल सडक छेउमा रहेको रुखमा ठोक्किएका थिए ।
उनको टाउकोमा गम्भीर चोट लागेको थियो । दाहालको उपचारमा गएराति सवा २ बजे शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

