Gold
Bangad salyan

प्रचण्डमाथी सुर्खेतमा जुत्ता प्रहारको प्रयास प्रहरीले पक्राउ गर्यो

कार्तिक २२

सुर्खेत – सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ।

मंगलबार साँझ पाँच दलीय गठबन्धनले कर्णालीका तीन जिल्ला जुम्ला, हुम्ला र कालिकोटमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको चिङ्गाडमा जुत्ता प्रहारको प्रयास भएको हो।

चुनावी सम्बोधनपछि उपसभापति खड्कालाई छोड्न चिङ्गाड पुगेका अध्यक्ष प्रचण्डमाथि पूर्वमाओवादी लडाकुसमेत रहेका र हाल स्वतन्त्र बताउने कमल खत्रीले जुत्ता प्रहार गर्न खोजेको सुर्खेत प्रहरीले जनाएको छ।

प्रचण्डलाई जुत्ता प्रहार गर्न नपाउँदै प्रहरीले जोगाएको र मटेला प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तस्बिर : अध्यक्ष प्रचण्डले कालीकोटमा सम्बोधन गर्दै