जन्ताले मलाई फेरि प्रधानमन्त्री भएको देख्न चाहेका छन : प्रचण्ड
काठमान्डौ – पूर्वप्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब देशको नेतृत्व गर्नुपर्ने बेला आफू लाई आईपरेको बताएका छन।
गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले देशकै नेतृत्व गर्ने सम्भावना रहेको बताएका छन्।
आज गोरखा १ को घैरुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले आर्थिक क्रान्तिको सुरुवात गोरखाबाट गर्ने बताए।
मैले देशकै नेतृत्व सम्हाल्ने सम्भावना पनि छ। त्यसो भयो भने म आर्थिक क्रान्तिको सुरुवात गोरखाबाट गर्ने छु, आर्थिक विकास र संवृद्धिको सुरुवात गोरखाबाट गर्ने भनेर आएको छु।
उनले भने, ‘त्यस्तो अवसर आयो भने त्यो गोरखाका लागि ऐतिहासिक अवसर हुनेछ। राजेन्द्र बजगाईँ, नन्द न्यौपाने र कृष्ण धिताललाई तपाईहरूले जिताएर पठाउनुस्।’
दुवै जना गोरखाको विकास र संवृद्धिका लागि उपयुक्त मन्त्रालय सम्हाल्न सक्ने हैसियतको भएका उनको भनाइ थियो।
‘म शेरबहादुर देउवाजीसँग सल्लाह गरेर उहाँहरूलाई उचित मन्त्रालय दिने बारे प्रस्ताव गर्ने विश्वास म दिलाउन चाहन्छु।
चितवन र देशभरिको विकास र संवृद्धि आफ्नो उत्तिकै जिम्मेवारी भएको भन्दै त्यसको उदाहरण गोरखाबाट प्रस्तुत गर्ने उनको भनाइ छ।