रवि लामिछानेको उम्मेदवार खारेजी को माग गर्दै आयोगमा उजुरी

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।

उम्मेदवार लामिछानेले विदेशी देशको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो ।

उम्मेदवार लामिछानेको विरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिएका छन।

आज मङ्गलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानुनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताए ।

उनले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताए।

यस्तै लामिछानेलाई उनकि पत्नीले चौथो सम्बन्धको लागि बधाई दिएकि छिन । रवि लामिछानेले दुई छोरी सहितकि श्रीमतीलाई अमेरिकामा अलपत्र पारेर हाल सम्म चौथो विवाह गरेका छन। यसर्थ उनी विदेशी मात्र नभैइ नैतिक पतन व्याक्ती भएकोले उनको उजुरी खारेजी हुने आयोगले जनाएको छ।