Gold
Bangad salyan

चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार शोभराजलाई छाड्न आदेश दिएको हो।

चार्ल्स शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए। ‘बिकिनी किलर’ चार्ल्स शोभराज सन् १९६३ देखि १९६७ सम्मको अवधिमा शृंखलाबद्ध भएका हत्यामा उनी संलग्न रहेका थिए।

चार्ल्स शोभराज नेपालमा पक्राउ परेपछि करिब १९ वर्षदेखि केन्द्रीय कारागारमा जन्मकैदको सजाय काटिरहेका छन्। शोभराज २ असोज २०६० मा काठमाडौंको एक क्यासिनोबाट पक्राउ परेका थिए। उनलाई जिल्ला अदालत, भक्तपुरले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो। पुष ६