Gold
Bangad salyan

टर्कीमा आएको महाभूकम्पबाट ५ हजारले ज्यान गुमाए मृतकको संख्या ८ गुना बढ्ने

काठमान्डौ – टर्की र सिरियामा गएको ७.८ रेक्टर स्केलको भूकम्प र अनगिन्ती परकम्पको कारण ५,००० बढीको ज्यान गएको छ भने घाइतेको संख्या २० हजार बढी घाईते छन।

मृतकको संख्या यो भन्दा ८ गुणा हुनसक्ने विदेशी संचारमाध्यमले बताएका छन्। यस्तै भूकम्पका कारण ३० लाख बढि पिडित छन। दुवै देशमा गरेर ७ हजार बढी ठुला अपार्टमेन्ट र हजारौं साना घरहरु भत्केर नस्ट भएका छन।

अपार्टमेण्टभित्र करकम्पको त्राश र बाहिर हिउँ परिरहेको कारण उद्दारमा कठिनाई भएको छ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएकाे जानकारी दिएका छन।

मान्छे खोज्ने कुकुर विशेष उपकरणसहित पुगेका उनीहरूले उद्धारको काम गर्नेछन् । अमेरिका, बेलायत, चीन, रुस, भारत, पाकिस्तान, जापान, इराक, इरान, अस्ट्रेलिया, न्युजिल्यान्ड, ग्रीस लगायतका देशबाट अत्यावश्यक राहतका सामग्री टर्की र सिरियामा पुगेका छन् ।

टर्की र सिरियाको सिमानामा हिजो ७ दशमलव ८ र ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।माघ २४एजेन्सी