चौरजाहारी नगरपालिकामा बहुमुल्य काठ तस्करी अवैध रुपमा तस्कर

फाल्गुन २०

रुकुम पश्चिम् – रुकुम पश्चिम् चौरजाहारी नगरपालिकामा बहुमुल्य काठ तस्करी अवैध रुपमा चोरी निकासी भईरहको छ।
जिल्लाको चौरजहारी नगरपालिका १ बाट सालको काठ सल्यानतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो।
प्रहरीले अवैध रुपमा ओसारपसार कार्यमा प्रयोग गरिएको ट्याक्टर र चालकलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भै रहेको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार १५ थान सालको काठ भे १ त १४६१ नम्बरको ट्याक्टर र चालक रातो बिष्टलाई ईलाका प्रहरी कार्यालय चौजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

चौरजहारी नगरपालिका वडा नम्बर १ स्थित कालिका सामुदायिक वनबाट अवैध रुपमा बहुमुल्य सालको काठ ओसार पसार भइरहेको भन्ने गोप्य सुचना पाएपछि अपरेसनमा खटिएको टोलीले  चौरजहारीबाट सल्यानतर्फ लैजादै गरेको ३८.५५ क्युफिट बहुमुल्य काठ बरामद गरेको हो।

बरामद गरिएको बहुमुल्य सालको काठ, ट्याक्टर र चालकलाई थप अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय चौरजहारीमा बुझाईएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।