नक्कली भुटानी सरणार्थी प्रकरण बादलका छोरा अझै फरार

काठमान्डौ – नक्कली भुटानी सरणार्थी प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा अझै फरार छन। लामो समयदेखि प्रहरीले उनको खोजी गरेपनी अझै प्रतिक फेला परेका छैन्न ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने कार्यमा संलग्न भएको आरोपमा उनिविरुद्द उजुरि परेको छ। नक्कली भुटानी सरणार्थी प्रकरणमा प्रहरीले हाईप्रोफाईलका व्याक्ती नेता सहित हाल सम्म १८ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पुर्वमन्त्री टोप बहादुर रायमाझी , पुर्व गृहमन्त्री बालकृष्ण खाण पनि पक्राउ परेका छ्न । उनी सहित १६ जनालाई जिल्ला अदालत काठमाडौले जेल चलान समेत गरिसकेको छ।

देशलाई नै असफल गराउन ठूलो गिरोह लागेको हुँदा यो प्रकरणमा अझै पूर्वगृहमन्त्री रामबहादुर बादल र उनका सल्लाकार डा ईन्दिरजित राईका छोराहरू २ जनासहित अझै १२ जना फरार छन् ।

अभियुक्तहरू उपर ठगी, लिखत कीर्ते, राज्यविरूद्ध अपराध र संगठित अपराधको कसूरको गरी ४ वटा मुद्दा दर्ता भएको छ।असार ३