कसम हल्का माया पनि के माया लाउनु रेखा थापा ,,

साउन १ , काठमाण्डौ – चलचित्र मालिकाले आफ्नो पहिलो गीत दर्शक सामु प्रस्तुत गरेको छ ।, मालिकाको हल्का माया के माया बोलको गीत सार्बजानिक भयको हो। निर्माण पक्षले राजधानीमा एक विशेष कार्यक्रम गरि चलचित्रको पहिलो गीत रिलीज गरेको हो ।नायिका तथा निर्देशक रेखा थापा र १४ वर्षीय कमला वलीको अभिनय रहेको गीतमा पूर्व-पश्चिम रेलको परिकल्पना गरिएको छ ।गीतमा अत्यधिक क्रोस राखियको छ। रेखा थापाले कर्णाली अन्चलको विकट जिल्ला जाजरकोटमा पुगेर तेहाका स्थानिय भेष ,भुषामामा सजियर गरुड , तरवाल जस्ता नाच गरेकी छन्। चलचित्रले देशको माया प्रेम बोकेको कथा भयको निर्देशक नर बहादुर कार्कीले जानकारी दिनु भयो। कार्कीको कथा लेखन, सब्द रहेको गीतमा सुरेश अधिकारीको संगीत छ भने अन्जु पन्तको स्वर छ ।चलचित्र आउँदो तिहारमा लक्ष्मीपूजाको दिन प्रदर्शन मिति तोकियको छ। गीतमा रामजी लामिछानेको कोरियोग्राफर रहेको छ। सरस्वति थापा र नर बहादुर कार्कीले निर्माण गरेको मालिकालाई रेखा फ्लिम्सले प्रस्तुत गरेको छ।