Gold
Bangad salyan

बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जना पक्राउ

साउन २८

काठमाडौँ – बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ।

आइतबार कार्यालयले पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।यस्तै प्रहरीले आठ जनालाई उद्धार समेत गरेको छ।

पक्राउ पर्नेहरूमा बंगलादेश गाजीपुर घर भई काठमाडौं महानगर-९ कालिमाटीडोल बस्ने ४७ वर्षीय अमिर होसेन, बंगलादेश बरिसाल घर भई ललितपुर महानगर-२८ हरिसिद्दी बस्ने ३७ वर्षीय मोहम्मद मोशिउर रहमान, बंगलादेश कुमिल्ला घर भई हरिसिद्दी बस्ने ३८ वर्षीय सलिम मिया र उनकी श्रीमती सिन्धुपाल्चोक घर भएकी २७ वर्षीय तारा नेपाली छन्।

त्यस्तै बंगलादेश ढाका घर भई काठमाडौं हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, ढाका घर भई काठमाडौं कपुरधारा बस्ने ३४ वर्षीय जाहङगिर आलम र इलाम घर भई काठमाडौंको नक्साल बस्ने ३३ वर्षीया रोशनी राई छन्। प्रहरीले अपरेशन ब्राभो किलो चलाएर सात जनालाई पक्राउ गरि थप अनुसन्धान अघि बढाएको छ।