बाजुरामा अस्पताल टाढा हुँदा व्यथा लागेकि उज्जलीलाई बाटोमै सलाईन

भदौ १२

बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिका १ काँडाकि ३२ वर्षिय उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी छन् ।

बेथा लागेपछि उनलाई अस्पताल लगिएको थियोे । बिकट गाउँमा यातायातको सुविधा नहुदा उनलाई आफन्तले डोकोमा बोकेर लगिएको थियोे ।

तर अस्पताल टाढा भएको हुँदा उनलाई ब्यथाले च्यापेपछि
बाटोमै सलाईन दिईएको थियोे । उनले बाटोमै बच्चालाई जन्म दिएकि हुन।

बाजुरामा उज्जली मात्र नभइ केही महिना पहिला बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ बर्षिय भाँग्य चदाराले बाटोमा बच्चा जन्माएकि थिइन् ।

त्यस्तै हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकायाले बाटोमै बच्चा जन्माईन् । सुत्केरी ब्यथा लागेपछी ३ घण्टा टाढा रहेको बामु आधारभुत स्वास्थ्य सेवा केन्द्रमा लग्दै गर्दा बाटामै बच्चा जन्माईन् ।

त्यस्तै हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ बर्षिय पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माईन् ।

स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी ३५ बर्षिय कार्तिका बिकले केही समय पहिला बाटोमा बच्चा जन्माएकि छन् । बाजुरामा यी त उदाहरण मात्र हुन।