Gold
Bangad salyan

काङ्ग्रेस नेतामाथी खुकुरी प्रहार गर्ने राजावादी कार्यक्रता यी हुन

काठमाडौँ – कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने ४७ वर्षीय श्याम बहादुर सापकोटाले कार्यक्रममा सहभागी हुनुपूर्व नै खुकुरी बोकेर आएको भेटिएको छ ।

बुधवार काठमाडौँ महानगरपालिका,२८ स्थित भृकुटीमण्डपमा आयोजित साक्षात्कार कार्यक्रम सकिएपछि सापकोटाले यादवलाई खुकुरी प्रहार गरेका हुन् ।

रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी हुन आउँदा नै सापकोटाले झोलामा खुकुरी लिएर आएको भेटिएको हो।

आफूलाई नागरिक अभियन्ता बताउने नुवाकोटको विदुर–७ घर भएका सापकोटाले योजनाबद्ध रुपमा नै खुकुरी बोकेर आएको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

सापकोटा राजा आउ देश बचाउ भन्दै विगत तीन चार महिनाबाट माईतीघरमा नारा लगाउने गर्ने गरेका छन।

उनले नेताहरुले काम मगरेको रिसको झोकमा खुकुरी प्रहार गरेको प्रहरी सामु बयान दिएका छन।

घाईते यादवको अहिले ट्रमा सेन्टरमा उपचार भाईरहेको र उनी खतरा मुक्त भएको जनाएको छ। भदौ २०