भूकम्प पीडितलाई माओवादीको ५० लाख सहयोग
कार्तिक २२
काठमान्डौ – नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ राहत सहयोग गरेको छ ।
माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले हिजो प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी ५० लाख रुपैयाँकाे चेक हस्तान्तरण गरेकी हुन ।
भेटमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिँदै राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए ।