पसलबाट कुर्ता सुरवाल चोर्ने सासु बुहारी पक्राउ

कार्तिक २३

काभ्रेपलाञ्चोक –  काभ्रेको बनेपास्थित एक कपडा पसलबाट सामान चोरेको आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । ग्राहक बनेर पसल गएका दुई महिला चोरी आरोपमा पक्राउ परेका हुन् ।

जेनुन कस्मेटिक एन्ड फेन्सी पसलबाट कपडा चोरेको आरोपमा प्रहरीले दोलखाका ६३ वर्षीया दुर्गा विक र ३५ वर्षीया विनिता विकलाई पक्राउ गरेको हो।

दुर्गा र विनिता सासु बुहारी हुन् । प्रहरीले उनीहरुको साथबाट १६ सेट कुर्ता सुरुवाल र ६ थान टप्स बरामद भएको जनाएको छ । घटना गत जेठ १८ गतेको भएपनि उनीहरु मंगलबार पक्राउ परेका हुन् ।