Gold
Bangad salyan

नेपालमा टिकटकले विकृती फैलायो त्यसैले बन्द : प्रधानमन्त्री प्रचण्ड

काठमान्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनुपरेको बताएका छन।

आज मङ्गलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन।

प्रधानमन्त्रीले समाजमा विसङ्गति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर यस्ताे निर्णय गरेको बताए ।

अन्तर्राष्ट्रियस्तरमा समेत सबैभन्दा लोकतन्त्र र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउने उद्देश्यले टिकटक बन्द गर्नुपरेको हो।

समाजमा विकृति, विसङ्गति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न सरकार टिकटक बन्द गर्ने निर्णयमा पुगेकाे उनले बताए ।

प्रधानमन्त्रीले १० अर्बको कोष खडा गरेर भूकम्प पीडितलाई सहयोग प्रक्रिया अघि बढाएको पनि बताए । साेमवारकाे मन्त्रिपरिषद् बैठकले आवासको समस्या समाधान गर्न विज्ञहरूबाट अध्ययन गराउनेदेखि आवास बीमाको सम्भावनाको अध्ययन गरेर प्रतिवेदन पेस गर्ने निर्णय गरेको जानकारी गरेका हुन। कार्तिक २९