भाइटीका लगाउन हिडेका नफर्केपछि मृत अवस्थामा फेला
मंसिर २
अर्घाखाँची – तिहारको टीका लगाउन हिडेका अर्घाखाँचीको भूमिकास्थानमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
तिहारको भाइटीका लगाउन भनी हिँडेका गुल्मी धुर्कोट गाउँपालिका,२ पिपलधाराका ३६ वर्षीय खुम बहादुर घर्ती मृत अवस्थामा फेला परेका हुन।
भूमिकास्थान नगरपालिका, ३ सिख्रको भीरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले बताए ।
कात्तिक २९ गते तिहारको दिन भूमिकास्थान,३ सिख्रमा दिदी कमला घर्तीको घरमा तिहारको भाइटीका लगाउन भनी हिँडेका घर्ती मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

