भारतले नेपाललाई दिएको मुर्रा जातको रांगा आज नेपाल आइपुग्ने
काठमान्डौ – भारतले नेपाललाई दिएको उन्नत मुर्रा जातको रांगा आज नेपाल आइपुग्ने भएको छ ।आज नेपालगंजस्थित रुपैडिया जमुनाह नाकाबाट मुर्रा जातको रांगा नेपाल आउन लागेको हो।
भारतले नेपाललाई उपहारस्वरुप दिएको १५ वटा मुर्रा राँगा आज दिउँसो १ बजेदेखि २ बजेसम्म नाकामा आइपुग्ने नेपालगंजस्थित पशुु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ती राँगाहरु ट्रकमा ल्याइँदैछ । नेपालमा नस्ल सुधारका लागि ल्याउन लागिएको राँगा स्याहारका लागि एक जना भेटनरी डाक्टर सँगै रहेका छन् ।
ती राँगाहरु एक दिन नेपालगञ्जस्थित होल्डिङ सेन्टरमा राखिनेछ त्यसपछि देशका विभिन्न स्थानमा पठाइने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला भारतले नेपाललाई उपहारस्वरुप १५ वटा मुर्रा जातका राँगा दिएको थियो । मंसिर ६

