Gold
Bangad salyan

दुर्गा प्रसाईंले दिए सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन

काठमान्डौ – नागरिक आवाजका संयोजक मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् ।

भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले घेराबन्दी गरेपछि डा. सुरेन्द्र भण्डारीले प्रसाईंको तर्फबाट रिट निवेदन दर्ता गराएका सर्वोच्च अदालतका सुुचना अधिकारी गोविन्द प्रसाद घिमिरेले जानकारी दिए । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

बिहीबार राजधानीको बल्खुमा विरोध प्रदर्शन गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।

तर, स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको थियो । प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन।

कतिले भने दुर्गा प्रसाईलाई नजरबन्दमा राखीएको बताएका छन । तर जिल्ला प्रशासन कार्यलय भक्तपुरले भने दुर्गा प्रसाईलाई नजरबन्दमा नराखीएको जनाएको छ। मंसिर ८