मिनिरल वाटरमा किरा भेटीएपछि महानगरले गर्यो कारबाही
काठमाडौं – पिउने पानी मिनिरल वाटरमा किरा भेटीएको छ।काठमाडौंस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएको हो।
कीरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रालिलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि प्रहरीले आइतबार सो कम्पनी विरूद्ध काठमाडौं महानगरमा उजुरी दिएको थियो ।
हिजो उहाँहरुको निवेदन हामीलाई परेपछि बोतल सहित चेकजाँच गर्दा माकुरा भेटेको थियौं, त्यसपछि महानगरको अनुगमन समितिले कारबाही गरेको हो’, बजार अनुगमन समितिकी निरीक्षण अधिकृत डा. पूजा खनालले जानकारी गरिन।
कागेश्वरी मनोहरा नगरपालिका,६ को ठेगाना रहेको ए एण्डबी वेभरेज प्रालिलाई महानगरले अब अर्कोपटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
यस्तै पानी बोतलमा भर्नु अगाडि बोतल अनिवार्य रुपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको हो। मंसिर ११

