Gold
Bangad salyan

मन्दिरमा पुजा गर्न भन्दै हिडेकी महिला वेपत्ता

पुस १९

दाङ – तुलसीपुरबाट एक महिला चार दिनदेखि सम्पर्कबिहिन भएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी बिष्णु शर्माको श्रीमती २० वर्षिय वर्षा भण्डारी सम्पर्कबिहिन भएकि हुन।

गत शनिबार (पुस १४ गते) घरबाट बिहानै चारबजेतिर मन्दीर जान्छु भनेर हिडेकी भण्डारी वेपत्ता भएपछि खोजिका लागि परिवारले अपिल गरेको छ ।

शनिबार बिहानै हराएकी बहिनीको खोजिका सहयोग गरिदिन उहाँका दाई जीवराज भण्डारीले आग्रह गरेका हुन । वर्षाको यसै वर्ष बिहे भएको थियो ।

उनलाई भेटाउनुहुने जो कोहिले मोबाईल नम्बर ९८४५५७०९१५ मा खबर गरिदिन परिवारले अनुरोध गरेको हो।