माघे संक्रान्ति पर्व मनाइँदै तरुल खिचडी खाने दिन
काठमान्डौ – आज देश भरमा माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । आज देखि दिन लामो र रात छोटो हुने गर्दछ।
थारु र मगर समुदायले भने माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । उनीहरुले आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका विशिष्ट व्यक्तित्वलाई निम्तो गरिएको छ ।
थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।
माघे सङ्क्रान्तिका दिन तरुल, घ्यू, चाकु, तिलका परिकार, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।माघ १

