Gold
Bangad salyan

कपडा धुदै गर्दा ईनारमा खसेकी महिलाको प्रहरीले गर्यो उद्दार

माघ २

ललितपुर – ईनारको ढक्कनमा चढेर कपडा सुकाइदै गर्दा ईनारमा खसेकी नुतुन प्रधानको प्रहरीले उद्दार गरेको छ।

माघे संक्रान्तिको दिन पौने १० बजेतिर ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. २ इमाडोल कृष्णमन्दिर नजिकै दोलखाकी नूतन प्रधान डेरामै लुगा धोइरहेकि थिइन
सोही क्रममा इनारको माथि चढेर डोरीमा लुगा सुकाउँदै गर्दा एक्कासी ढक्कन फुटेर नुतन इनारमा खसेकि थिइन।

उनका परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीका साथै स्थानीयहरु जुटेका थिए ।

करिब ३५ फिट गहिरो इनारमा खसेकी नूतनको प्रहरीले करिब दुई घन्टापछि उद्दार गरेको थियो ।

प्रहरी आइसकेपछि नुतनलाई डोरी दिएर बाहिर निकाल्ने प्रयास गरे पनि असफल भएपछि प्रहरी जवान इनारभित्रै पसेर उद्धार गरेको थियोे ।

उद्धारका लागि जुटेका उद्धारकर्मीमध्येबाट नेपाल प्रहरीका जवान गोविन्द परियारले इनारमा पसेर उद्दार गरेका हुन।
नुतुनको ढाड र खुट्टामा सामान्य चोटपटक लागेकी त्यसपछि परिक्षणका लागि अस्पताल लगिएको थियो । अहिले उनको अवस्था सामान्य रहेको छ।