Gold
Bangad salyan

बर्दियाबाट काठमाडन्डौका लागि छुटेको बस दुर्घटना दुइको मृत्यु

पुस ८

दाङ – दाङको देउखुरीमा गएराति बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा बर्दियाको गेरुवा गाउँपालिका,१ का ३६ वर्षीय भीमनाथ योगी र मधुवन नगरपालिकाका,२ अमरपुरका ३२ वर्षीय युवराज चौधरी रहेका छन् ।

बर्दियाबाट काठमाडन्डौका लागि छुटेको प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिकाको रिहार नजिकै दुर्घटना भएको हो ।

बसमा रहेका अरु यात्रुको अवस्थामा सामान्य रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए। दुर्घटनाको कारण अनुसंधान भैरहेको श्रेष्ठले बताए ।