सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त भएपछि किरणबाबु पुनका दस,श ,
माघ ९
काठमान्डौ – गायक तथा सर्जक किरणबाबु पुन सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्ति भएका छन।
माघ ३ गते बसेको मन्त्रीपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा पुनलाई माघ ८ गते प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्डले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्ति गरेका हुन।
संगीत विषयबाट नै स्नातकोत्तर गरेका पुनले पुर्वदेखि पश्चीम सम्मको अमुर्त लोकसंगीतको खोज अनुसन्धान समेत गरिरहेका छन् ।
लोक संस्कृती रहे मात्र हामी रहन्छौ भन्ने भावना बोकेर निरन्तर यात्रामै छन् गायक तथा संगीतकार किरणबाबु पुन ।
मौलीक लोक संस्कृती हाम्रो पहिचान हो, त्यसमा हरेक नेपालीको अस्तित्व लुकेको हुन्छ भन्ने कुरालाई शिरोधार्य गर्दै पुनले थुप्रै मौलीक लोकगीतहरु सिंगारु, टप्पा, पैसारु, सालैजो, कौडा, ठाडीभाका समेत गाएका छन् ।
मौलीक कला संस्कृतीलाई संरक्षण, सम्बर्धन र प्रबर्धन गर्नुपर्छ भन्ने उदेश्य बोकेका पुनले धेरै संघ संस्थाहरुसंग जोडिएर थुप्रै सांस्कृतीक अभियान समेत सफल पारेका छन् ।
पुनले लोक संस्कार, भेषभुषा, भाषा तथा अस्तित्व संरक्षण अहिलेको अत्यन्तै आवश्यक विषय रहेको समेत बताए ।
थुप्रै संघसंस्थाहरुमा आबद्ध रहदै सफल नेतृत्व समेत गरिसकेका किरणबाबुले सबै मिलेर सांस्कृतीक रुपान्तरणको यात्रामा यसैलाई आर्थीक समृद्धीको मार्ग बनाई समृद्ध देश निमार्णको आधार बनाउन यो यात्रामा जोडिन सम्पुर्णमा अपिल समेत गरेका छन् ।
नियुक्त पश्चात पुनले देशभरका मौलीक कला, संस्कृतीलाई संरक्षण, सम्बर्धन र प्रबर्धन गर्दै अगाडि बढ्ने कुरामा आफु प्रतिबद्ध रहेको बताए ।
अन्तराष्ट्रिय स्तरमा नेपालको कला संस्कृती, भेषभुषा र संस्कारलाई प्रबर्धन गर्दै विश्वका विभिन्न देशहरुसंग पनि संस्कार र संस्कृती आदान प्रदान गर्ने कुरामा संस्थानको ठुलो भुमीका रहने कुरा व्यक्त गरे ।
सपथ तथा पदभार ग्रहण पश्चात कुराकानीको क्रममा आफुले दश ”स” लाई अगाडी सारेको पुनले बताएका छन।
१. सुशासन एवम् सुव्यवस्था,
२. संरक्षण (संस्कृति संरक्षण, प्रवर्द्धन तथा रुपान्तरणका लागि सांस्कृतिक सम्मेलन एवम् खोजअनुसन्धानलाई प्रोत्साहन)
३. संस्कृति (प्रदर्शन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा)
४. सांस्कृतिक सङ्ग्रहालय स्थापनाको पहल
५. सांस्कृतिक संस्थानको समस्यालाई हल गर्दै संस्थाको हित र विकासमा जोड
६. सुरक्षा (संस्कृतिविद् , साहित्यकार तथा कलाकारहरू दीर्घ रोगबाट ग्रसित हुँदा जीवन रक्षाको लागि पहल)
७. सहकार्य तथा समन्वय (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विविध संघसंस्थासँग सहकार्य एवम् समन्वय)
८. सद्भाव (आन्तरिक रूपमा कर्मचारीहरूसँग पारिवारिक सद्भाव तथा बाह्य रूपमा संघ(संस्था तथा सारा नेपालीसँग मैत्रीपूर्ण सद्भाव )
९. समान विकास (संस्थानका सबै विधा गायन, वादन, नृत्य र नाटकको समान रूपमा विकासमा जोड)
१०. समृद्धि (संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास।
सावीकको रुकुम जील्लाको दुली गाविस वडा नं. ०८ कोटगाउँमा आमा गउनी पुन र बुबा नर बहादुर पुनको माइला सन्तानको रुपमा गायक तथा संगीतकार किरणबाबु पुनको जन्म भएको हो। पुनले कक्षा दुइमा पढ्ने बेला देखिनै बाल कलाकारमा सहभागी हुने र गीत गाउने गर्दथे।

