Gold
Bangad salyan

अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोल्न महिला पक्राउ

माघ १६

काठमाडौँ – अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका,२ घर भई काठमाडौँ महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्का रहेको प्रहरीले जनाएको छ।

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।  उनी उपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।