Gold
Bangad salyan

अर्बपति बिनोद चौधरीका भाइ पक्राउ

काठमान्डौ – नेपाली कांग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीले बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको घटनामा उनका भाइ अरुण चौधरीलाई पक्राउ गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली अरुणलाई समात्न घरै पुगेको बताइएको छ ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

त्यस्तै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा चौधरीसँगै अजितनारायणसिंह थापालाई पक्राउ गरिएको छ । थापालाई बत्तीसपुतलीस्थित निवासबाट पक्राउ गरिएको हो । उनी बाँसबारी छाला जुता कम्पनीका तत्कालीन अध्यक्ष हुन् । माघ १८