रुकुम चौरजहारी

अमेरिका हुदै नेपालमा ठगी गर्ने रवि लामिछाने भगवान बनेका छन

रुकुम आठ विसकोट

काठमाडौ – नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकामा १२,१३ वटा बैंक ठगेर आएको आरोप लगाएका छन् ।

हिजो (शुक्रबार) चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले अमेरिकामा बैंक ठगेर आएका रवि नेपालमा भगवान बनेको भन्दै टिप्पणी गरेका हुन् ।

रास्वपालाई पपुलिष्ट शक्तिको संज्ञा दिँदै उनले एक पटक जनतालाई झुक्याउने काम गरेको बताए ।

अब चितवनका जनतालाई रास्वपाजस्ता पपुलिष्ट शक्तिले फेरि झुक्याउन नसक्ने बस्नेतको भनाइ छ ।

अमेरिका गएर बेकरी क्याफे खोलेर, तीन जना स्टाफ राखेर १२,१३ वटा बैंकमा ठगी गरेर आएको रवि लामिछाने नेपालमा भगवान भएको छ उनले भने ।

रवि लामिछानेलाई अहिले सहकारी हुँदै जन्ताको पैसा ठगेको आरोप छ। ग्यालेक्सि टिभीका अध्यक्ष  जिबि राई र रवि लामिछानेले १६ अर्ब ठगेको पाईएपछि सिआईबीले डिफ्युजन ईन्टरपोल जारी गरेको छ। माघ २०