रुकुम चौरजहारी

पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोलि प्रहार

रुकुम आठ विसकोट

नवलपरासी पश्चिम् –  पश्चिम नवलपरासीको बर्दघाटमा एक जना सुनचाँदी व्यवसायीमाथि गोलि प्रहार भएको छ ।

बर्दघाट नगरपालिका,१६ केराबारी गाउँ नजिकै पुलमा अज्ञात समुहको गोली प्रहारबाट व्यवसायी गजेन्द्र विश्वकर्मा घाइते भएका छन् ।

बर्दघाट घर भइ सुस्ता गाउँपालिका,१ बरुवामा सुनचाँदी व्यवसाय गर्दै आएका बिश्वकर्मालाई साँझ पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको हो ।

विश्वकर्माको पाखुरामा गोली लागेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारि। उनको भैरहवामा उपचार भैरहेको छ ।

घटनापश्चात् उक्त समुहले विश्वकर्मा चढेको स्कुटर लिएर भागेको छ । लुटपाट गर्ने उदेश्यले गोली प्रहार भएको आशंका गरिएको र उनिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । माघ २०