Gold
Bangad salyan

एमालेको जिल्ला अधिवेशनमा कुटाकुट कार्यक्रम स्थगित

माघ २०

काठमान्डौ – नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ।

विवाद चर्किएपछि अधिवेशन भोलि बिहानसम्मका लागि स्थगित भएको छ । दुई पक्षबीचको विवादले हात हालाहाल भएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिल्लाका नेताहरूलाई काठमाडौ बोलाएर छलफल गरेका छन।

विवाद भएपछि बाग्मती प्रदेश अध्यक्ष कैशाल ढुंगेलले आज बिहानै जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरेका हुन।

तर धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले तत्कालै अर्को वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जानकारी गराएपछि अवस्था झनै तनावग्रस्त बनेको थियो ।

जिल्ला अध्यक्ष त्रिपाठीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरेका थिए । तर प्रदेश अध्यक्ष ढुंगेल पक्षधर नेताहरूले विरोध गरेपछि विवाद शुरु भएको थियो ।