Gold
Bangad salyan

गृहमन्त्रीले फेरि अर्को ठूलो भ्रस्टाचारि माछा पक्राउ गर्दै

काठमान्डौ – प्रधानमन्त्री प्रचण्डको निर्देशनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फेरि अर्को ठूलो भ्रष्टाचारि समाउन लागेको आन्तरिक श्रोतले जनाएको छ।

काठमाडौं बौद्धको तारागाउँ विकास समितिको जग्गा, नक्सालको बालमन्दिर र ललितपुरको हरिसिद्धि इट्टा तथा टायल कारखानाको जग्गामा पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान अघि बढाएको छ।

जसको छानबिनको लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिइसकेको पनि श्रोतले जनाएको हो।

समृद्धि र शुसासनको लागि सरकारले तस्कर ,भ्रष्ट र जालसाचीहरुलाई धमा धम समाउन सुरु गरेको छ।

सरकारले केही दिन अगाडी मात्र अर्ब पति बिनोद चौधरीका भाइ अरुन चौधरीलाई बासवारि छाला उधोगको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरि अनुसंधान अगाडि बढाएको छ। माघ २१