Gold

पैसाको लागि पाँचजना पुरुषसंग नक्कली विवाह र माया जाल

फागुन ६

Naumule Migrate

काठमान्डौ – कुसुम गैरे नाम गरेकी २१ वर्षीया ती युवतीले केहीवर्षदेखि पीडित पुरुषहरूलाई नक्कली विवाह/प्रेम जालमा फसाई विवाह गर्ने आदि इत्यादी सम्झौताको लोभ देखाउँदै ठग्दै आएको खुलेको छ।

आफ्नो विलासितापूर्ण जीवनका आवश्यकताहरू पूरा गर्ने उद्देश्यले पाल्पाकी  एक जना विवाहित महिलाले बुटवल क्षेत्र केन्द्रीत बनाएर यता झण्डै ०५ जना पुरुषबाट २० लाख देशका विभिन्न जिल्लाका युवाहरूलाई ठगेको रहस्य खुलेको छ ।
ती युवतीले एकै पटक ५ जना पुरुषसँग डेटिङ गर्ने दुस्साहास समेत गरेको जनाएको छ ।

कुसम गैरेले ती सम्पूर्ण पुरुषलाई आफ्नो प्रेम सच्चा भएको भन्दै मख्ख पारेर नक्कली सम्बन्ध कायम गर्दै आएकी थिइन् ।

उनले उनीहरूसँग साॅंचो प्रेम अर्थात विवाह गर्ने भन्दै तस्बिर खिचाउने गरेको र ती सबै पुरुषले उनलाई सधैँ श्रीमती भनेरै सम्बोधन गर्ने गरेको बुझिएको समेत खुलेको छ।

आफ्नो फन्दा परेका पुरुषहरूसँग उनले परिवारका सदस्यहरूलाई मद्दत गर्नुपर्ने भन्दै पैसा माग्ने गरेकी थिइन् ।

नक्कली प्रेमी विवाह गर्ने साथ उनले उनीहरूसँग आफ्नो पितालाई जापान पठाउन पैसा अपुग भएको र पैसा मागने दिएर उनीहरू बाट सम्बन्ध टुंगाउॅंदै फेक फेसबुक आइडी बनाएर विभिन्न धम्कीका साथै थप पैसा मागने गरेको केही पीडित युवकहरूले बताएका छन ।

कुनै पुरुषले उनको आनीबानी देखेर शंका लागेर आफूहरू उनी सँग सम्बन्ध नरहने गरि समन्ध टुंगाएको बताए।
नयाँ प्रेमीबाट पैसा लिएर खतराको घन्टी बजाउन खोज्नेलाई पैसा दिएर उनीहरूको मुख थुन्ने पनि गरेकी थिइन् ।

तर अन्ततः यस्तै पैसाको मामिलामा शंका लागेपछि उनको एक जना प्रेमीले उनको बारेमा लेखेर पोस्ट गरेका थिए।
पीडितहरूका अनुसार उनी अहिले बुटवलमा आफ़नो आमा र भाई सॅंग एउटा भाडाको घरमा बस्दै आएकी छन् । उनले अरुलाई भने आफू मैनपावरमा काम गर्ने गरेको बताउँदै आएकी थिइन।

 

 

Naumule Badhipahiro