सितापाइलामा सामूहिक हत्याको कारण यस्तो
काठमाडौँको- सितापाइलामा सामूहिक हत्या गरिएका ३ जनाकै शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
नागार्जुन-६ भैरवटोलमा काजी विश्वकर्मा भनिने राजु घिमिरेले आफ्नै कोठामा हत्या गरेका श्रीमती, छोरी र नातिनीको शव केहीबेर अघि अस्पताल पुर्याइएको स्वयम्भू प्रहरी कार्यालयकी प्रमुख डिएसपी पूर्णिमा चन्दले बताईन।
यसैगरी, सामूहिक हत्या गरेर जंगलमा आत्महत्या गरेका विश्वकर्माको शव पनि पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ ।
सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या गरेर विश्वकर्माले आत्महत्या गरेका थिए ।
विहान साढे नौ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसको केही समयपछि विक पनि घरभन्दा केही परको जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फागुन ३