सुवासचन्द्र नेम्वाङको क्षेत्रबाट युवा ब्यबासायी अर्जुन चुनाव लड्दै
फागुन १३
काठमान्डौ – शाही ग्रुप अब इन्डस्टिजका सस्थापक एबम युवा ब्यबासायी अर्जुन बिक्रम शाहि इलाम क्षेत्र नम्बर १ बाट चुनाब लड्ने भएका छन ।
पढाइमा अब्बल र युवाहरुमा लोकपृय ब्यबसायी अर्जुन बिक्रम शाही इलाम क्षेत्र नम्बर १ सुवासचन्द्र नेम्वाङको क्षेत्रबाट चुनाब लड्ने घोषणा गरेका छन ।
आफूले युवाहरुको आवाजलाइ संसदमा जोडतोडका साथ उठाउने र युवाहरुलाइ देश प्रतिको गम्भीर जिम्मेवारीलाई स्मरण गराउदै देशमै बस्ने बाताबरण सृजना गर्न सदन र सडक बाट जिम्मेवार निकायलाइ ध्यानाकर्षण गराउने उहाको भनाइ छ । त्यसैले युवाहरुले उहालाइ साथ दिने उहाको सचिबालय निकट एक जना ब्यक्तिले बताउनु भयो ।
बिज्ञान, कानुन मा स्नातक र कुटनितिमा स्नातकोत्तर गरेका शाहीले नेपालमा भएका प्रभाबशाली पावर सेन्टर मानिएका प्रधानमन्त्रीहरुको सल्लाहकार भएर काम गरेको अनुभव पनि छ ।
शाही ग्रुप अफ इन्डस्टिज अन्तर्गत आइटी,कृषी, पर्यटन, मिडिया,ट्रेडिङ , कन्टक्सन, मा उहाको लगानी छ । नेपालको स्वच्छ पानीलाइ विश्व बजारमा गुणस्तर र प्रतिस्पर्धात्मक बनाउनलाइ काम गरिरहेको र छिट्टै लन्च हुने उहाका आर्थिक सल्लाहकार सन्तोष अर्यालले बताउनु भयो ।
आइटी अन्तरगत बार्षिक १० करोडको कारोबार गरेर ४० जना दक्षलाई रोजगार दिनु भएको पाइएको छ । शाही ग्रुप अफ इन्डस्टीजले गृन नेपाल अन्तरगत सफा र स्व्च्छ बाताबरण बनाउने भन्दै इ सडकको परिकल्पना अन्तर्गत काम गरिरहेको छ ।
६०% युवाहरु भएको देशमा युवाहरु अरुको भरमा नपरी हरेक क्षेत्रमा सबल बनी रास्ट्रलाइ योगदान गर्नु पर्ने उहाको भनाइ छ ।
आफुले चुनाब जिते सरकारको तलब भत्ता नलिने र शिक्षा, स्वास्थ लाई निशुल्क बनाउन आफुले संसदमा आवाज उठाउने उहाको भनाइ छ । त्यस्तै युवाहरुको लागि स्पेसल प्याकेज सहितका कार्यकमहरु ल्याउन पहल गर्ने उहाको भनाइ छ ।
आफुले प्रतिनिधित्व गर्न पाए आफ्नो क्षमता, दक्षता रास्ट र जनताको लागि समर्पित गर्ने उहाको भनाइ छ ।त्यस्मा सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी आमा बुबा सबैलाइ साथ सहयोग गर्दिन हुन अपिल गर्नु भएको छ ।
आफुले ३महिना देखि इलाममा डाटा सर्बे गर्दा अधिकाङ्श ब्यक्तिहरु आफ्नो पक्षमा रहेको उहाको भनाइ छ । युवाहरुलाइ सबैले साथ दिने भन्दै इलाम बासिले आफुलाइ निर्बाचित गराएर पठाउने उहाको बिस्वास छ ।