मिटरब्याज पीडितहरूसँग वार्ता गर्न सरकारको समिती गठन
काठमान्डौ- मिटरब्याज पीडितहरूसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । गृह मन्त्रालयले सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।
मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई वार्ताका लागि पत्रसमेत पठाइसकेको जानकारी दिएको हो।
सङ्घर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम भइरहेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालयले सहसचिव पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेकाे हो ।
छलफलका लागि बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुनु आग्रह पनि गरेको छ । यसअघि मिटरब्याज पीडितसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः न्याय माग्दै चितवनबाट पैदल हिँडेर काठमान्डौ आइपुगेका थिए ।
मिटरब्याज पीडितहरूले आजदेखि उत्पयका केन्द्रित आन्दोलन शुरु गरेका छन् ।
गत वर्षको चैत २ गते मिटरब्याज पीडितलाई न्याय दिलाउन भनेर एक टोली ११ दिनको पैदल यात्रापछि काठमान्डौ आएको थियो ।
काठमान्डौ झन्डै एक हप्ता आन्दोलन गरेपछि सरकार र मिटरब्याज पीडितहरूबीच चैत १८ गते पाँच बुँदे सहमति भएको थियो ।
सहमतिअनुसार सरकारले आयोग गठन गर्यो ,पिडितका झन्डै २८ हजार उजुरी परेकोमा पाँच हजार उजुरीमा मिलापत्र पनि भयो तर पनि मिटरब्याज पीडितको आन्दोलन अझै रोकिएको छैन । फागुन १४