रुकुम चौरजहारी

चितवनको छात्रावासमा बालिकाको संकास्पद मृत्युु प्रकरण न्याय दिन गृहमन्त्रीलाई अनुरोध

फागुन १८

रुकुम आठ विसकोट

काठमान्डौ – चितवनको छात्रावासमा एक बालिकाको संकास्पद मृत्यु भयपछि अनुसंधान र दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ।

सामाजिक संजालदेखि विभिन्न सरोकारवालाहरुले मृतक बालिकाले न्याय दिलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुरोध गरेका छन।

धेरैले लेखेका छन , यी बालिकाले न्याय पाउनुपर्छ गृहमन्त्री ज्यु निर्मला पन्तको जस्तो नहोस।

गत शनिबार बिहान रत्ननगर नगरपालिका,१५ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो ।
बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
उनको शवको पोष्टमर्टमका लागि काठमाडौंस्थित महाराजगञ्ज टिचिङ अस्पतालमा राखिएको छ ।

मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने भएको छ ।

मृतक बालिकाको परिवारले चितवनमा पोष्टमार्टम गर्न शंका लागेपछि काठमाडौँको टिचिङ अस्पतालमा पोष्टमार्टमको लागि लगेको हो ।

अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय टाँडीले पोष्टमार्टमको रिपोर्ट आउन समय लाग्ने भएकोले सोमबारसम्म रिपोर्ट आएपछि अनुसन्धान थप अगाडि बढ्ने जनाएको छ ।

झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको मृत्युपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। चितवन जिल्ला अदातलको आदेश अनुसार अनुसन्धानको लागि उनीहरुलाई सात दिन हिरासतमा राखिने भएको छ ।