शालिन पोख्रेल घटनामा पक्राउ परेका तीन जनालाई चार दिन म्याद थप
फागुन २८
काठमान्डौ – चितवनमा निकेतन स्कुलको होस्टेलमा मृतक शालीन पोखरेलको घटनामा पक्राउ परेका विद्यालयका प्रधानाध्यापकसहित ३ शिक्षकलाई अनुसन्धानको लागि थप ४ दिन म्याद थप गरिएको छ ।
घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको थियोे ।
गत १२ गते रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनको होस्टेलमा कक्षा ८ मा पढ्ने मृतक १४ वर्षीया शालिन पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थियो ।