रुकुम चौरजहारी

सहकारी पिडितले गरे प्रदर्शन सुन्धारा चक्का जाम

चैत १

रुकुम आठ विसकोट

काठमान्डौ – देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरुले आज जनदबाब सहित प्रदर्शन गरेका छन।

चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै पीडितहरुले काठमाडौंका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा कोण सभा गर्न लागेका हुन् ।

पीडितहरुले आजको प्रदर्शनका लागि कालिमाटी, गोंगबु नयाँबसपार्क एरिया नजिकको बिजी मल, सिफल चौर शंखपार्क, र जावलाखेलबाट ११ बजे -याली निकालेर पाँचै टोली सुन्धारामा भेला हुने तय छ । त्यहाँबाट भृकुटीमण्डप पुगी पीडितहरुले कोणसभा गर्ने कार्यक्रम छ ।

सहकारी पीडितहरुको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)ले गरेको छ ।

काठमाडौं उपत्यकासहित देशभरि विभिन्न सहकारीमा सञ्चालकबाट ठगिएका बचतकर्ता व्यवसायी र सर्वसाधारणहरूले महिनौँदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । तर, सरकारले पीडितको समस्या अहिले सम्म समाधान गरेको छैन।