रुकुम चौरजहारी

काठमान्डौमा बिहानै देखि बर्षा अन्य स्थानमा के छ

चैत ६

रुकुम आठ विसकोट

काठमान्डौ – राजधानीमा बिहानै देखि बर्षा भैरहेको छ। बिहान देखि धुम्म बादल भएसंगै काठमाडौका विभिन्न स्थानमा बर्षा भैरहेको छ।

यस्तै कोशी, मधेश प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ ।

बिहानदेखि झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुंगा, सिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर लगायतका ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार काठमान्डौमा दिउँसो पनि हल्का पानी पर्ने सम्भावना छ । गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।