Gold

दाङमा समिक्षा अधिकारी गएको कार्यक्रममा कोहि पनि नआएपछी स्टेज नचढेर फर्कीईन

चैत १२

Naumule Migrate

दाङ – गायिका समीक्षा अधिकारी दाङको तुलसीपुरमा आउँदा कार्यक्रम हेर्न दर्शकहरु नआए पछि स्टेज नै नचढी फर्किएकी छिन् ।

प्राकृतिक कला केन्द्र तुलसीपुरले चैत ९ गतेदेखि १२ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदानमा होलि फेस्टिबल कार्यक्रम सञ्चालन गरेको छ।

उक्त कार्यमा प्रस्तुति दिन गायिका समीक्षा अधिकारी १० गते शनिबार दाङ आएको थाहा पाएपछि २३ जना दर्शकले मात्र टिकट काटेका थिए ।

दर्शक नभएको भन्दै समीक्षा स्टेज चढ्न नमानेर फर्किएको आयोजकले बताएको हो।

कार्यक्रममा कुनै दर्शक सहभागी नभएपछि गायिका स्टेजमा गइनन् तर आफूहरुले पारिश्रमिक भने दिएर काठमाडौं फर्काएको आयोजकले जानकारी दिएको छ ।

Naumule Badhipahiro